एम लामाको “तिम्रो नजरको शासन” गित सार्बजनिक

गायक एम लामाको तहल्का एल्बमा सामाबेश “तिम्रो नजरको शासन ढाली दिने कोहि भए” गित सार्बजनिक भएको छ । गीतमा रावतको शब्द अनि सुरेश अधिकारीको संगीत रहेको छ । सार्बजनिक गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । कुनै एक केटीको नजरको बारेमा एक केटाले बयान अनि केटिको नजरको शासन कसरि ढाल्ने भनी गरेको कुरालाई भिडियोमा व्यक्त गरिएको छ ।अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको भिडियो लाई उत्सब दाहालले छायांकन गरेका छन् भने राजिब समरले भिडियोमा कोरियोग्राफी गरेका छन् ।नायिका बर्षा सिवाकोटी अनि राजेश गहतराजको अभिनय रहेको भिडियो लाई निशान घिमिरेले सम्पादन गरेका छन् भने भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ ।

https://youtu.be/DEjR7cf0PtI?t=112