सुमन को मनले कसलाई रोज्यो ?

13237760_1094114253963677_323793320680280282_nगायिका सुमन गुरुङ आजकल एक पछि अर्को गीतले चर्चा बटुल्दै छिन्| गाजलु चलचित्रको मुस्कुराउनुको अर्थ होस या डिस्को पार्टी या होस् सुनिल गिरि संगको तिमि आयौ गितको चर्चा त छदै छ साथमा अर्को गित पनि राम्रो बनेको चर्चा हुदै छ| त्यो गित हो “यो मनले रोजेको” | मार्क-१० कालुले रचेको गीतलाई सुरिलो संगीत भरेका छन् किरण माइकलले| गीतले भन्छ मेरो मनले रोजेको तिमिनै हौ, तिमि जति टाडा हुन्छौ मा तेती नजिक हुन्छु, तिमि मेरै लागि बनेका हौ येस्तै भावना बोकेको गीतलाई सुमनले न्यायपूर्ण तरिकाले गायकी छिन्|

गीतलाई भिडियो सहित सार्बजनिक गरियको छ| रमेश बस्नेतले निर्देशन गरेको भिडियोमा सम्पदा बानिया र विकेशले अभिनय गरेका छन्| सन्तोष सुनारले छायांकन गरेको उक्त भिडियोलाई निर्देशक रमेशले नै सम्पादन गरेका छन्| बधाई तथा शुभकामना छ “यो मनले रोजेको” टिमलाई|

https://youtu.be/lVSK3AwZUXE?t=71