गायिका सरु पराजुलीले आफ्ना गीतकार श्रीमान् शिव चौलागाईंको शब्द तथा संगीतमा ‘यो तीजै रमाइलो…’ बोलको तीज गीतको म्युजिक भिडियो सहित सार्वजनिक गरेकी छिन् ।अमेरिकाको सिन्सिनाटि सहरमा अवस्थित एल आर एस (L R S ) स्टुडियोमा अगष्ट १५, २०१६ मा रेकर्ड गरिएको यो गीतको म्युजिक भिडियो पनि उतै छायांकन गरिएको हो ।
उक्त गीतमा संगीत संयोजन साहस शाक्यको रहेको छ| सुगम संगीतमा आधारित यो तीज गीत यस प्रकार छ: बर्षेनी आउने नारीले मान्ने यो तीजै रमाइलो खुसि बनाउने दु:ख भुलाउने यो तीजै रमाइलो | मुना बस्नेतको कोरियोग्राफी रहेको यो भिडियोमा मुना बस्नेत, रिता गौतम, ममता बजगाईं, दुर्गा गौतम तथा कविता गिरीले अभिनय गरेका छन् । डिजिएस फिल्म्सका धन गौतमले यो भिडियो सम्पादन गरेका हुन्।