एउटा राम्रो गित बन्न राम्रो शब्द, मिठासपूर्ण संगीत र सुरिलो स्वरको त्रिबेणी हुनुपर्छ भनिन्छ तर राम्रा शब्दमा जीवन भर्नेसंगीत माथि प्रण भर्ने स्वर अनि त्यसलाई बुलन्द पार्ने भिडियो भयो भने कस्तो हुन्छ भन्ने उदाहरण बनेको छ नया गित “डर छैन “। केहि नहुनुमा पनि धेरै कुरा हुने गर्छ, त्यहि यथार्थ लाई आधार बनाएर नारायण गौतमले शब्द रचना गर्नु भयो अनि ति शब्दमा संगीत भरे र संगीत संयोजन पनि गरे संगीतकार हरि लम्सालले अनि स्वर भरे गायक शन्तोष लामाले अनि बन्यो गित “डर छै”। Find More …
गायक रुपक डोटेलको स्वरमा रहेको सत्य घटनामा आधारित गीत ‘एक्लो जीवन’ भिडियो सहित सार्वजनिक भएको छ । हरि बहादुर बस्नेतको शब्द, वरिष्ठ संगीतकार शक्ति बल्लभको सङ्गीत र मनोहर सुनामको संगीत संयोजन रहेको गितको भिडियो ओ एस आर डिजिटल मार्फत सार्बजनिक गरियको छ ।
गायिका सरु पराजुलीले आफ्ना गीतकार श्रीमान् शिव चौलागाईंको शब्द तथा संगीतमा ‘हाम्लाई के को डर ’ बोलको तीज गीतको म्युजिक भिडियो सहित सार्वजनिक गरेकी छिन् ।अमेरिकाको सिन्सिनाटि सहरमा बस्दै आएका यी सांगीतिक जोडी ले यही शहरमा यो गीतको म्युजिक भिडियो बनायर आफ्नै युत्युब च्यानल सुरभी क्रियसन मार्फत सार्बजनिक गरेका हुन् ।