सुबिन्द्रको सांगीतिक ‘आरोहण’

२०६९ सालमा पहिलो गित रेकर्ड गरायर बिधिबत सांगीतिक यात्रा अगि बढायका गायक सुबिन्द्र केसीले पहिलो सांगीतिक गीति संग्रह ‘आरोहण’ दर्शक तथा श्रोतामाझ ल्याएका छन् । विभिन्न सांगीतिक गुरुहरुबाट संगीत सिक्दै, साधना गर्दै अगि बढिरहेका गायक सुबिन्द्रको आरोहणमा ७ वटा गीतहरु समावेश गरिएको छ । उक्त संग्रहमा रहेका गीतकारहरु नवराज लम्साल, एक नारायण भण्डारी, राम सिटौला, विपिन किरण, पुरुषोत्तम ढुंगेल र स्वयम सुरेन्द्रले रचना गरेका छन् । संगीतकार राम सिटौला, अर्जुन पोखरेल, महेश खड्का, टिका भण्डारी र श्रीकृष्ण बम मल्लले उक्त रचनाहरुलाई संगीतबद्ध गरेका छन् । Find More …

एउटा फरक प्रयाश “गहिराइ”

हरेक कलाकार चाहन्छन कि आफ्ना श्रोता दर्शकका लागि केहि फरक स्वाद पस्कु तर कति कुरा चाहेर पनि पुरा भैरहेका हुदैनन् । कति कुरा मौका संजोगले सोचे भन्दा अगि नै पुरा हुन्छन ।केहि समयको प्रयाश पछि एउटा सन्जोग जुरेको छ नया संगीत सिर्जना गर्ने । चलेको चलनलाई भन्दा मनको जलन प्रस्तुत गर्ने गीतकारका रुपमा परिचित गीतकार मनिष बशिष्ठ को रचना , रिदम कंडेलको संगीत अनि प्रमोद खरेलको स्वरमा एउटा फरक गित “गहिराइ” सार्बजनिक भयको छ। Find More …

हेमन्त रानाको ‘साईली’ पछि ‘माया बस्यो’

गायक हेमन्त रानाले अर्को सांगीतिक कोसेली ल्यायका छन् । ‘साईली’को अपार सफलता पछि सोहि नामबाट चलचित्र नै निर्माणमा गरे।
। चलचित्र चलिसकेपछि , हेमन्तले “माया बस्यो” गित भिडियो सहित सार्बजनिक गरेका छन् । गायक रानाले आफ्नै शब्द र संगीतमा उक्त गीत सार्वजनिक गरेका हुन् ।लोक स्वादमा कय्ची कम्पोजिसन गरेका छन। गीतमा चर्चित संगीतकर्मी विशाल पौडेलको संगीत संयोजन रहेको छ । Find More …