२०६९ सालमा पहिलो गित रेकर्ड गरायर बिधिबत सांगीतिक यात्रा अगि बढायका गायक सुबिन्द्र केसीले पहिलो सांगीतिक गीति संग्रह ‘आरोहण’ दर्शक तथा श्रोतामाझ ल्याएका छन् । विभिन्न सांगीतिक गुरुहरुबाट संगीत सिक्दै, साधना गर्दै अगि बढिरहेका गायक सुबिन्द्रको आरोहणमा ७ वटा गीतहरु समावेश गरिएको छ । उक्त संग्रहमा रहेका गीतकारहरु नवराज लम्साल, एक नारायण भण्डारी, राम सिटौला, विपिन किरण, पुरुषोत्तम ढुंगेल र स्वयम सुरेन्द्रले रचना गरेका छन् । संगीतकार राम सिटौला, अर्जुन पोखरेल, महेश खड्का, टिका भण्डारी र श्रीकृष्ण बम मल्लले उक्त रचनाहरुलाई संगीतबद्ध गरेका छन् । Find More …